सन नेपाल लाइफले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने, १० कित्ता भर्न कति चाहिन्छ रकम ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि साउन १ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी अनुमति पाएको हो । जसमा प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो ।
आइपीओमा अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । आइपीओमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
आइपीओ सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ रहेको छ ।













