१ कार्तिक २०८३, आइतबार

नागरिकको घरदैलोमा गएर सेवा प्रदान गर्छौः गार्डिन लाइफ सीईओ भण्डारी



विराटनगर । गार्डियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको सेवालाई पुर्ण रुपमा डिजीटल बनाउने घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित गार्डियन लाइफ इन्स्योरेन्सको कारोबार सुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले कम्पनीको सेवालाई आम सर्वसाधारणको घरदैलामै पुर्याउने बताए । ‘हामीले सेवा विस्तार गर्न एजेन्ट मात्रै परिचालन गर्दैनौं । हामी आफै सर्वसाधारणको घरदैलोमा गएर बीमा सेवा दिन्छौ,’ उनले भने, ‘साथै, हाम्रो सेवा पुर्ण रुपमा डिजीटल हुन्छ ।’

यस्तै, उनले अब न्यून आय भएका, सिमान्तकृत समुदायमा बीमा पहुँच विस्तार गर्ने गरि काम गर्ने बताए ।

‘लघु बीमा कम्पनी पहिला नै आउनु पर्ने थियो । तर, ढिलै भएपनि आएको छ । यो आफैमा स्वागतयोग्य छ,’ उनले भने, ‘अब हामी न्यून आए भएका समुदाय अर्थात् जो बीमाको पहुुँच भन्दा बाहिर छन् । उनीहरुमा विमा सेवा विस्तार गर्ने गरि काम गर्र्छौ ।’