भगवती हाइड्रोपावरको आइपीओ बिक्री खुला, १० कित्ता भर्न कति चाहिन्छ ?
काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज अर्थात असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको हो ।
यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, सर्वसाधारणमा निष्कासन हुने ८ लाख ५८ हजार ९८ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । भने माग बमोजिमको आवेदन नपरेमा साउन २२ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।













