७ श्रावण २०८३, बिहिबार

थप दुई कम्पनीको ३७ लाख कित्ता आइपीओ आउदैं, बोर्डले दियो अनुमति



काठमाडौं । थप दुई कम्पनीको आइपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

बोर्डले चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई आइपीओ बिक्री अनुमति दिएको हो ।

चिर्खुवा हाइड्रोपावर
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ ।

माथिल्लो मैलुङखोला जलविद्युत

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ बिक्री गर्न अनुमति पाएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्