प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
६९ वर्षिया सीता दाहाल लामो समयदेखि पीएसपी रोगबाट ग्रस्त थिइन् । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भनिएको छ । २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।












