७ श्रावण २०८३, बिहिबार

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आवेदन दिनेको ओइरो, मागभन्दा ९० गुणा बढीको आवेदन



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा ९१ करोड ७८ लाख १२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (असार २८ गते) साँझ ५ः४ बजेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ९०.७३ गुणा बढी आवेदन हो ।

कम्पनीले असार २६ गतेदेखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको होे । जसअनुसार १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गरेको छ । यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी १ लाख १ हजार १५१ सय कित्ताका सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

आइपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरे साउन ९ गतेसम्म आवेदन लम्बाइनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्