७ श्रावण २०८३, बिहिबार

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?



काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा ५ करोड ५३ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार २८ गते साँझ ५ः०४ बजेसम्म २२ हजार १०१ जना आवेदकले ५ लाख ७३ हजार ५६० कित्ता सेयरका लागि आवेदन परेको हुन् ।

कम्पनीले असार १९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशथ अर्थात ८ करोड रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारीगरेको हो । अंकित मुल्य १ सयमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । उक्त आइपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं। ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, बिगु गाउँपालिका वडा नं। ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

स्थानीय बसिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा साउन २ गते र सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन २ गतेभित्र आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्