७ श्रावण २०८३, बिहिबार

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म कतिले भरे आवेदन ?



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात असार ३० गतेसम्म ११ लाख ८ हजार २३२ जना आवेदकले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले असार २६ गतेदेखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसअनुसार १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गरेको थियो । यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी १ लाख १ हजार १५१ सय कित्ताका सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्