नयाँ आर्थिक वर्षसंगै बजेट कार्यान्वयन पनि सुरु, यी हुन् थपिएका नयाँ करको दर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नयाँ आर्थिक वर्षसंगै बजेट कार्यान्वयन पनि सुरु, यी हुन् थपिएका नयाँ करको दर



काठमाडौं । आजबाट अर्थात नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नेपालमा साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।

आजैदेखि नै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु हुने गर्दछन् । सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि बजेट घोषणा गरेको थियो । सोही बजेटको कार्यान्वयन पनि आजैदेखि सुरु हुनेछ ।

बजेटमा उल्लेख भए बमोजिम नै आजदेखि विलासिता कर लागू भएको छ । सरकारले आजदेखि चार र पाँच तारे होटलका लागि २ प्रतिशत विलासिता करको व्यवस्था गरेको छ । यस्तै, १० लाखभन्दा बढीको गरगहना किन्दासमेत २ प्रतिशत विलासिता कर तिर्नुपर्नेछ । वैदेशिक भ्रमणमा जाँदा समेत सोही दरको कर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ ।

वैदेशिक रोजगार सेवा शुल्क पनि लाग्ने भएको छ । बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसायीलाई १ प्रतिशत करको व्यवस्था गरेको थियो ।

सरकारले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लगाएको छ । जुन आजदेखि कार्यान्वयनमा आएको छ । त्यसैगरि ट्राभल एजेन्सीहरुले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्ने छ ।


प्रतिक्रिया दिनुहोस्