डिजिटल बैंकिङ्गमा आक्रामक माछापुच्छ्रे बैंक: नेपालमै पहिलो पटक सुरु गर्यो क्यूआर प्रणालीमा भ्वाइस बक्स प्रविधि
काठमाडौं । माछापुच्छ्रे बैंक डिजिटल बैंकिङ्गमा निकै आक्रमक देखिएको छ। बैंकले नेपालमै पहिलो पटक क्यूआर प्रणालीमा भ्वाइस बक्स प्रविधि सुरु गरेको छ ।
ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको क्यूआर प्रणालीमा भ्वाइस बक्स प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको हो ।
माछापुच्छ्रे यो प्रविधि प्रयोगमा ल्याउने नेपालमै पहिलो बैंक भएको छ । शुक्रबारबाट क्यूआरमा भ्वाइस जडान गरि बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी अर्थात साउन्ड मार्फत हुनेछ । यो सेवाग्राही तथा मर्चेन्टहरु माझ क्यूआरप्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने बैंकले अपेक्षा गरिएको छ । यसका साथै साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिएको छ।
सो प्रविधि र सुविधाबाट हजारौ साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सो को प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने बैंकले विश्वास लिएको छ।
हाल उक्त सेवा नेपाल पे क्यूआर मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ ।
यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन बैंक सधैं तत्पर रहेको जनाएको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल ‘स्मार्ट बैंक’ को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।
हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।













