कालिका पावर कम्पनीको सेयर खरिद गर्ने हो ? आजदेखि बिक्रीमा
काठमाडौं। कालिका पावर कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी केन्द्रीय कार्यालय काठमाडौं बालुबाटारमा आफुले खरिद गर्ने सेयर कित्ता मूल्य तथा सख्या खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













