७ श्रावण २०८३, बिहिबार

लगानीको अवसरः २५ हजार कित्ता भर्न मिल्ने अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आउदैं



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ गर्ने लागेको हो ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछ । आइपीओ न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्