फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब कुनको कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब कुनको कति ?



काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य बढाएको छ । निगमले आज राती १२ः०१ बजे देखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

निगमनले पेट्रोलको मुल्य लिटरमा ५ रुपैयाँले बढाएको छ । यसअघि पट्रोलको मुल्य प्रतिलिटर १७० देखि १७३ रुपैयाँसम्म थियो । अहिले त्यो बढाएर १७५ देखि १७८ रुपैयाँसम्म पुर्याइएको हो । पहिलो, दोस्रो र तेस्रो बर्गका तेलको मुल्य फरक फरक हुन्छ ।

यस्तै, डिजेल र मट्टीटेलको मुल्य लिटरमा १४ रुपैयाँले बढाइएको छ । यसअघि यसको मुल्य प्रति लिटर १५०.५० देखि १५३ रुपैयाँसम्म थियो । अब भने प्रतिलिटर १६४.५० रुपैयाँदेखि १६७ रुपैयाँसम्ममा डिजेल र मट्टीतेल किन्न सकिने छ ।

इन्डीयन आयल निगमले आज पेट्रोलियम पदार्थको नयाँ मुल्य सुची पठाएको छ, जुन बढेर आएको छ । त्यससमा पेट्रोलको३.८५ रुपैयाँ र डिजेल ११.२५ रुपैयाँले मुल्य बढेको छ । निगमले केही समयअघि देखि पेट्रोलियम पदार्थको मुल्यमा स्वचालित प्रणाली लागू गरेको छ । सोहीअनुसार भारतबाट आएको मुल्यको सुचीको आधारमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्