पैसाको जोहो गर्नुहोस् है ? मिड सोलु हाइड्रोपावरले बिहिबारदेखि आइपीओ निष्कासन गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पैसाको जोहो गर्नुहोस् है ? मिड सोलु हाइड्रोपावरले बिहिबारदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । मिड सोलु हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बिहिबार अर्थात भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न भएको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।

आइपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म माग बमोजिमको आवेदन नपरेको खण्डान भने असोज ११ गतेसम्म खुला रहनेछ । लगानीर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता आवेदन दिन सकिने छ ।

कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले रहेको छ । आइपीओमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्