२१६ कम्पनीको सेयर मूल्य घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२१६ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । हिजो उच्च अंकले सुधार आएको सेयर बजार फेरी ओरालो लागेको छ । बजार १९.४२ अकंले ओरालो लागेको हो ।

बजार ओरालो लाग्दा कारोबार समेत खुम्चिएको छ । अधिकांश कम्पनीको सेयर मूल्य समेत सस्तो बन्दै गएको छ ।

मंगलबार थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य ३७ रुपैयाँ ८० पैसाले घटेर ३४० रुपैयाँ २० पैसा रहेको छ ।

साथै, सुपर मादी हाइड्रोपावरको ७.२२ प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको ६.९४ प्रतिशतले सेयर मुल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्