सोनापुर मिनरल्सको आइपीओमा साढे १४ लाख कित्ता सेयर बिकेन
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा ४५८ जना स्थानिय बासिन्दाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २६ गते साँझ ५ः०७ बजेसम्म ९१ हजार ३० कित्ताका लागि मात्र आवेदन परेको हो ।
आइपीओको १४ लाख ४६ हजार ४९५ कित्ता सेयर खरिद भएको छैन । कम्पनीले साउन २९ गतेदेखि आईपीओमा जारी गरेको थियो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशत १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता आइपीओे निष्कासनको अनुमति पाएको थियो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ निष्कासन गरेको छ ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
















