सिड इनर्जीले प्रिमियममा आइपीओ निष्कासन गर्ने, असोज १७ गते बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिड इनर्जीले प्रिमियममा आइपीओ निष्कासन गर्ने, असोज १७ गते बोलायो साधारण सभा



काठमाडौं । सिड इनर्जी लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि असोज १७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा होटल स्क्वायर, पुल्चोक, ललितपुरमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा सर्वसाधारणलाई छुट्याएको सेयर अंकित मूल्य वा प्रिमियम सहित निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।०८१ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्