हिमालयन रि इन्स्योरेन्सले ६ अर्बको आइपीओ निष्कासन गर्ने, १० कित्ता भर्न २ हजार ८० रुपैयाँ भए पुग्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन रि इन्स्योरेन्सले ६ अर्बको आइपीओ निष्कासन गर्ने, १० कित्ता भर्न २ हजार ८० रुपैयाँ भए पुग्ने



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ अर्ब बढीको आईपीओ निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ ।

कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न गत मंगलबार अर्थात भदौ २६ गते बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ थप गरि ३ करोड कित्ता आइपीओ जारी गर्नेछ ।

कम्पनीले प्रतिकित्ता २०८ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले बोर्डबाट अनुमति पाएपछि सर्वसाधारणले २ हजार ८० रुपैयाँमै १० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्