ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य, महासचिवमा भूमिनन्दन कर्माचार्य
काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । उनी ६ सय ५९ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५ सय ४२ र अर्का प्रतिस्पर्धी रविन्द्रराज ताम्राकारले २ सय २८ मत ल्याएका थिए । संघको ४४ औँ वार्षिक साधारणसभा पश्चात हिजो भएको निर्वाचनबाट विश्वराज बज्राचार्यको नेतृत्वमा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा शुसन महर्जन, उपाध्यक्षहरूमा आपुलाल अवाले, सुनील शाक्य, रमेश सिं महर्जन निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा भूमिनन्दन कर्माचार्य, कोषाध्यक्षमा राजु महर्जनसहित १५ जना सदस्य निर्वाचित भएका छन् ।













