२१ श्रावण २०८३, बिहिबार

अग्रिम टिकट बुकिङ खुल्ला भएसँगै बसपार्कमा भिडभाड, हेर्नुहोस् यी १५ तस्बिर



काठमाडौं । दशैंमा उपत्यका बाहिर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । विगतका वर्षभन्दा यो वर्ष ढिला गरि टिकट बुकिङ खुल्ला गरिएको हो ।

दसैंका लागि उपत्यका बाहिर जानेहरु टिकट लिनका लागि बसपार्कमा पुगेका छन् । यात्रुहरु बुकिङ खुलेको पहिलो दिन मै राति ३।४ बजेदेखि नै लाइनमा बसेर टिकट काटी रहेका छन् । सबै भन्दा बढी धनगढी जाने यात्रुहरुको लाइन लामो देखिएको छ ।

महाकाली यातायात, धौलागिरी गण्डकी यातायात, घोडा घोडी यातायात लगायतले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।