७ श्रावण २०८३, बिहिबार

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौँ । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अर्थात असोज २३ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने भएको हुंदा आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

कम्पनीको असोज १५ गते बसेको संचालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय पारितका लागि कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्