७ श्रावण २०८३, बिहिबार

शिव श्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, आज साधारण सभा



काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आज अर्थात असोज २५ गते बस्दैंछ। सभा अयती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर बसुन्धरा काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा बनाएको छ । साथै, उक्त सभाले आर्थिक वर्ष ०७५।७६ देखि ०७८।७९ सम्मको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आथिक वर्षका लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणगर्ने समेत एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते एक दिन बुक क्लोज गरेको छ ।


प्रतिक्रिया दिनुहोस्