नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ६.५० प्रतिशत बोनस बापतको ६ लाख ८४ हजार ४५४.११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त बोनस सेयरधनीहरुको डिम्याट खातामा जम्मा भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।












