एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले गरे लाभांश घोषणा
काठमाडौं । एनआइसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत संचालित दुईवटा योजनाले लाभांश घोषणा गरेका छन् ।
योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको लाभांश प्रस्ताव गरेका हुन् ।
एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीहरुलाई करसहित १०.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाइधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।













