अवैध लागूऔषधको केन्द्र बन्दै कैलालि, ५ जना प्रहरी नियन्त्रणमा
डोटी । पछिल्लो समय सुदुरपश्चिम प्रदेशको राजधानी कैलालि अवैध लागूऔषधको केन्द्र बनेको छ । धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापालाई अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालि कै धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।













