नेपालमा शिक्षा मार्फत भित्रने र बाहिरिने विदेशी मुद्रामा २२ अर्बको अन्तर, देशको अर्थव्यवस्थामा कस्तो असर ?
काठमाडौँ । वैदेशिक अध्ययन शीर्षकमा नेपालबाट ठुलो रकम बाहिरिने गरेको छ । नेपाली विद्यार्थीहरूले विदेश अध्ययनका लागि लैजाने रकममा बर्सेनि उच्च दरमा वृद्धि हुँदै गएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालबाट शिक्षा मार्फत २३ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ विदेशी मुद्रा बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्ष मात्रै नेपालबाट यस्तो शीर्षकमा १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । पछिल्लो केही वर्षदेखि विदेश अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या र सो मार्फत बाहिरिने विदेशी मुद्रा निरन्तर बढेको तथ्याङ्कले देखाउँछ । हाल नेपाली विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, जर्मनी, न्युजील्याण्ड लगायत विश्वका धेरै मुलुकहरूमा अध्ययनका लागि जाने गरेका छन् ।
विशेषगरि गरी यी मुलुक नै नेपाली विद्यार्थीको रोजाइमा देखिन्छ । पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी विदेशिने गरेको छन् । पछिल्लो समय नेपाली विद्यार्थी विदेश अध्ययनका लागि बाहिरिने सङ्ख्या पनि बढ्दो नै छ । विशेषसरि कक्षा १२ (प्लस टु) र ब्याचलर पढेर विदेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या निकै बाक्लो रहेको शिक्षा मन्त्रालयले जनाएको छ । विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भएकाले पनि नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोह बढ्दै गएको देखिन्छ । रोजगारीको नयाँ अवसर र आर्थिक अवस्था बलियो बनाउनै लागि नेपाली विद्यार्थी अध्ययनका लागि ठुलो सङ्ख्यामा बाहिरिएको देखिन्छ ।
तर, नेपालमा पढ्न आउने विदेशी विद्यार्थीहरू पनि पछिल्लो समय बढ्दै गएको छन् । उनीहरूले नेपालमा अध्ययनका लागि ल्याउने विदेशी मुद्रा पनि बढ्दै गएको पाइन्छ । राष्ट्र बैङ्कका अनुसार चालु आवको दुई महिनामै १ अर्ब २८ करोड ४ लाख रुपैयाँ विदेशी विद्यार्थीहरूले ल्याएका छन् । यो गत आवको पहिलो दुई महिना अर्थात् साउन र भदौको तुलनामा झन्डै तीन गुणाले बढी हो । गत वर्षको सोही अवधिमा विदेशी विद्यार्थीहरूले ४३ करोड ४ लाख रुपैयाँ मात्रै नेपाल भित्र्याएका थिए । त्यसभन्दा अघिल्लो आवको समीक्षा महिनामा २४ करोड ४० लाख रुपैयाँ मात्रै नेपाल आएको थियो ।
नेपालका विभिन्न विश्व विद्यालयमा विदेशी विद्यार्थी अध्ययन गर्न आउने गर्छन् । कानुन, डाक्टर लगायत विषय अध्ययन गर्न विदेशी विद्यार्थी नेपालमा आउने गर्छन् । नेपालका त्रिभुवन विश्व विद्यालय लगायतका युनिभर्सिटीमा विदेशी विद्यार्थी अध्ययनरत छन् । उनीहरूले नेपालमा आवास खर्च, कलेज शुल्क लगायतका शीर्षकमा ठुलो रकम खर्च गर्छन्, त्यसबापत विदेशी मुद्रा पनि भित्रिने गरेको छ ।
यद्यपि, शिक्षा मार्फत नेपाल भित्रने रकम बढेता पनि बाहिरिने रकम ठुलो छ । दुई महिनाकै अवधिमा शिक्षा मार्फत भित्रने र बाहिरिने विदेशी मुद्रामामा २२ अर्ब ४ करोड ५९ लाख रुपैयाँको अन्तर छ । पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी विदेशिने गरेको छन् । रोजगारीको नयाँ अवसर र आर्थिक अवस्था बलियो बनाउनै लागि नेपाली विद्यार्थी अध्ययनका लागि ठुलो सङ्ख्यामा बाहिरिएको देखिन्छ । नेपालमा रोजगारीको अवसर नहुनुले पनि विदेशिनेको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । नेपालमा उच्च शिक्षाको गुणस्तरप्रति विश्वास घट्दो छ । अर्को तर्फ अध्ययन सकेपछि पनि रोजगारीको अवसर कम हुने भएकाले पनि भविष्य सुरक्षित बनाउनकै लागि नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको जानकारहरू बताउँछन् ।
यदि, नेपालको शिक्षालाई अझै गुणस्तर बनाएमा ठुलो सङ्ख्यामा विदेशी विद्यार्थी आउन सक्छन्, फलस्वरूप विदेशी मुद्राको आम्दानी समेत बढ्ने विज्ञहरू बताउँछन् । तर, वार्षिक तथा मासिक रूपमा शिक्षा मार्फत नेपालबाट बाहिरिने ठुलो रकमले भने असर गर्ने बताइन्छ । ठुलो मात्रामा यस्तो रकम बाहिरिँदा आगामी दिनमा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्ने विज्ञहरूको भनाई छ । यसले देशको अर्थव्यवस्थापनमा समेत अल्पकालीन तथा दीर्घकालीन रूपमा असर गर्ने विज्ञको भनाई छ । शिक्षाकै लागि ठुलो रकम बाहिर खर्च हुँदा मुलुकले अन्य क्षेत्रमा गर्ने लगानी अभाव हुन सक्ने समेत बताइन्छ । ठुलो मात्रामा यस्तो रकम बाहिरिँदा आगामी दिनमा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्ने बताइन्छ ।
मूलत: यसले देशको अर्थव्यवस्थापनमा समेत अल्पकालीन तथा दीर्घकालीन रूपमा असर गर्ने उनीहरू बताउँछन् । शिक्षाकै लागि ठुलो रकम बाहिर खर्च हुँदा मुलुकले अन्य क्षेत्रमा गर्ने लगानी अभाव हुन सक्ने समेत बताइन्छ । यसका लागि नेपाली विद्यार्थीहरूलाई सम्भावना देखाइदिने र स्वदेशमै अध्ययन र रोजगारीको वातावरण बनाउन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।













