२१ श्रावण २०८३, बिहिबार

मलेसियाले नेपाललाई दियो १ सय ६६ रनको लक्ष्य, अविनाशले ४ विकेट लिए



काठमाडौँ । टी २० विश्वकप छनोट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियाबाट जितका लागि एक सय ६६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको हो । मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ रनको योगदान गरे । अर्का ओपनर जुबैदी जुल्किफले पनि २४ रन बनाए ।

मलेसियाले अतिरिक्त रूपमा १६ रन पाएको थियो । नेपाली टोलीका बलर अविनाश बोहराले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक(एक विकेट हात पारे ।