२१ श्रावण २०८३, बिहिबार

एनआईसी एशिया ग्रोथ फण्डले तय गर्यो बुक क्लोजको मिति



काठमाडौँ । एनआईसी एशिया ग्रोथ फण्डले बुक क्लोज मिति तय गरेको छ। कम्पनीले लाभांश वितरणका लागि कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

अब कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।