अरुण काबेली पावरको गोप्य शिल्ड बिड भोलि बिहान खोलिने
काठमाडौँ । अरुण काबेली पावरको गोप्य शिल्ड बिड भोलि बिहान १० बजे खोलिने भएको छ ।
कम्पनीको अवितरित हकप्रद शेयरको लागि असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा सो अबधीभित्र प्राप्त भएका बोलपत्रहरु भोलि अर्थात कात्तिक २० गगते खोलिने भएको हो । गोप्य शिल्ड बिड नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाण्डौमा खोलिनेछ












