दुई हाइड्रोपावरले गरे लाभांश घोषणा
काठमाडौँ । लाभांश सिजन चलि रहेको छ । गत अर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा दुई हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
नेप्सेमा सूचीकृत ८७ ओटा हाइड्रोपावर कम्पनीमध्ये सानिमा माई हाइड्रोपावर र माण्डु हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका हुन ।
सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २३ गते सेलिब्रेसन हाईट सुकधारा काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २४ गते बुक क्लोज गरिसकेको छ ।
त्यस्तै माण्डु हाइड्रोपावरले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि मंसिर १५ गते साधारण सभा बोलाएको छ । सभा छाँया सेन्टर ठमेल काठमाडौंमा बिहान १० बजे बोलाएको हो । उक्त लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर ४ गते बुक क्लोज गरेको छ ।













