सरकारले टी–२० विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीलाई जनही १३ लाख दिने
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अर्को वर्ष हुने टी २० विश्वकपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख नगद पुरस्कार दिन सिफारिस गर्ने निर्णय गरेको छ ।
१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ।
राखेपको मंगलबार बसेको बैठकले १५ जना खेलाडी र ४ जना अफिसियल गरेर १९ जनालाई नगद पुरस्कार दिन सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ।













