७ श्रावण २०८३, बिहिबार

माण्डू हाइड्रोपावरले बेच्यो २५ करोडको बिजुली, नाफा पनि दोहोरो अंकले बढ्यो



काठमाडौं । माण्डू हाइड्रोपावरको नाफा दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीले बुधवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीको १३.३२ प्रतिशतले वृद्धि भई १२ करोड ७२ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ११ करोड २२ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेकाले नै खुद नाफा वृद्धि भएको हो । गत आवको पहिलो तीन महिनामा कम्पनीले २४ करोड ४० लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । तर, चालु आवको पहिलो त्रैमासमा आइपुग्दा भने २.८७ प्रतिशतले वृद्धि भई २५ करोड १० लाख ६५७ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि सामान्य बढेर २५ करोड १९ लाख ७६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, कम्पनीको संचालन नाफा पनि ३.६४ प्रतिशतले बढेर २३ करोड ४ लाख २१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ छ । कम्पनीले रिटेन्ड अर्निङ तथा जगेडा कोषमा भने ४६ करोड ४७ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्