कहिलेदेखि आउँदै छ हिमालयन रि इन्स्योरेन्स आइपीओ ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कहिलेदेखि आउँदै छ हिमालयन रि इन्स्योरेन्स आइपीओ ?



काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री गर्न लागेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्