फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग सामना गर्दै
काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग सामना गर्दैछ । युएईको दुबईमा नेपाली समयअनुसार आज राति ९ः३० बजेदेखि नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ।
दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थान र बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो।
नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २–२ खेल गरी ६ खेल खेल्नेछ। जस अनुसार पाँच दिनपछि नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ।
नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।













