२० श्रावण २०८३, बुधबार

स्रोत नखुलेको ८ लाख १० हजार रुपैयाँसहित एक जना पक्राउ



काठमाडौँ। काठमाडौं महानगरपालिका–१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद ८ लाख १० हजार रुपैयाँसहित ललितपुर चापागाउँ डेरा गरी बस्ने भारत सितामणि घर भएका ३६ वर्षीय अमर शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।