७ श्रावण २०८३, बिहिबार

डलर थप मजबुत बन्दा भारतीय मुद्रा कमजोर, नेपाली रुपैयाँमा कस्तो असर ?



काठमाडौं । अमेरिकी डलरको भाउ फेरि महँगीएको छ । गत साता नयाँ कीतिमानी रकर्ड बनाएको डलरको भाउ आज फेरि सोही उचाईमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अर्थात् मंसिर ५ गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । यसअघि अर्थात् गत कात्तिक २६ गते पनि सोही उचाईमा पुगि नयाँ रेकर्ड बनाएको थियो । त्यो मूल्य नै हालसम्मकै उच्च हो ।

आज अमेरिकी डलरको खरिद दर भने १३३ रुपैयाँ ५ पैसा रहेको छ । पछिल्लो समय डलरको भाउ निरन्तर बढीरहेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर वृद्धि गरेको छ । ब्याजदर उच्च हुँदा अमेरिकमामा लगानीकर्ताहरु डलरतर्फ आकर्षित हुँदा नै त्यसको भा बढेको बताइन्छ ।

यसअघि कात्तिक १६ गते बिहीबार पनि डलरको बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । त्यसभन्दा अगाडि गत असोज २, ३ र ३० गते पनि डलरको भाउ नयाँ उचाइमा पुगेको थियो । त्यस बेला डलरको बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा कायम भएको थियो । तर, पछिल्लो समय डलरको भाउ निरन्तर उकालो लागि रहेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ भने कमजोर बनेको छ । आज भारतीय रुपैयाँ प्रतिडलर ८३ रुपैयाँ ३२ पैसा हाराहारीमा छ। भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेसँगै नेपालीहरुले पनि महंगो मूल्यमा डलर खरिद गर्नुपर्ने हुन्छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण नै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदा नेपाली मुद्रा समेत कमजोर भएको हो ।

डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा भने नकारात्मक र सकारात्मक दुवै असर पार्ने गर्दछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले डलरमा रेमिट्यान्स पठाउँछन्, जसले डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि बढोत्तरी हुन्छ । यसका साथै पर्यटन क्षेत्रमा पनि डलरको भाउ बढ्दा राम्रै प्रभाव पर्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले डलर बोकेर आउँछन् र यहाँ खर्च गरेर जान्छन् । यो नेपाली अर्थतन्त्रको लागि सकारात्मक छ ।

तर, डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा नोक्सानी धेरै हुने गर्दछ । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पार्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य वृद्धि हुने गर्दछ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेकट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ लगायत सामान महँगो पर्नेछन् ।

आज कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?

CurrencyUnitBuySell
USD (U.S. Dollar)1133.05133.65
EUR (European Euro)1145.36146.01
GBP (UK Pound Sterling)1165.87166.62
CHF (Swiss Franc)1150.56151.24
AUD (Australian Dollar)187.1787.56
CAD (Canadian Dollar)197.0097.43
SGD (Singapore Dollar)199.3199.76
JPY (Japanese Yen)108.979.01
CNY (Chinese Yuan)118.5718.65
SAR (Saudi Arabian Riyal)135.4835.64
QAR (Qatari Riyal)136.5136.67
THB (Thai Baht)13.783.80
AED (UAE Dirham)136.2236.39
MYR (Malaysian Ringgit)128.5128.63
KRW (South Korean Won)10010.3010.35
SEK (Swedish Kroner)112.7112.76
DKK (Danish Kroner)119.4919.58
HKD (Hong Kong Dollar)117.0717.15
KWD (Kuwaity Dinar)1431.67433.62
BHD (Bahrain Dinar)1352.93354.52
स्रोत: नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्