तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, २२२ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौँ । बुधबार सेयर बजारमा सुधार आएको छ । बजार सुधार आउँदा लगानीकर्तामा केहि हदमा खुसी आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६७ अकंले बढेर १८५०.३३ बिन्दुमा बन्द भएको छ । बुधबार २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयरमा सर्किट लागेको छ । बुधबार बुद्ध भुमि नेपाल हाइड्रोपावर, पन्चकन्या माई र माथिल्लो मैलुङको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, थ्री स्टारको ९.७२ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ९.४१ प्रतिशतले बढेको छ । आज २२२ कम्पनीको सेयर मूल्य बढेको छ ।














