२० श्रावण २०८३, बुधबार

भोलि अत्यावश्यक काम भएमात्र घरबाट निस्किन ट्राफिक प्रहरीको अनुरोध



काठमाडौँ । भोलि हुने राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहको प्रदर्शनमा ध्यानमा राखेर ट्राफिक प्रहरीले अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिन ननिस्कन सर्वसाधरणलाई आग्रह गरेको छ ।

विभिन्न समूहले र्‍याली तथा विरोध प्रदर्शन गर्ने भएकाले आवगमनमा असहजता सिर्जना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यस्तो सूचना जारी गरेको हो। प्रदर्शन हुँदा ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई फोन गरी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत भनेको छ ।

भोलि एमाले र दुर्गा प्रसाईंले प्रर्दशन गर्दैैछन् । एमालेलाई प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएको छ भने प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकिएको छ ।