२० श्रावण २०८३, बुधबार

बल्खु र तीनकुने प्रहरीले चलायो जामर भेहिकल



काठमाडौँ । नेपाल प्रहरीले बल्खुमा जामर भेहिकल सञ्चालन गरेको छ । दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन प्रविधि संचालन गरेको हो ।

तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ । जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।