युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अर्थात मंसिर ११ गते अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनार्थका लागि कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको हुदाँ मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। उक्त लाभांश अहिलेसम्म कैं बढी हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले ३०औं वार्षिक साधारण सभा मंसिर २६ गतेका लागि बोलाएको छ ।













