प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच एक समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच एमओयु सम्झौता सम्पन्न भएको छ । नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको “NO Shave November – Fashion for a Cause” क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व कोष मार्फत आर्थिक सहयोग गरी सो क्याम्पेन बिचमा एकआपसमा सहकार्यको सम्झौता गरेका छन् ।
प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले सम्झौता हस्ताक्षर गरी समझौतापत्र आदानप्रदान गरे ।
सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा आबद्व हुने महिला दिदीबहिनीहरुबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमसाथ सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसनलाई महिला सशक्तिकरण तथा महिलामा हुने Breast Cancer सम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्व अन्र्तगत प्रभु क्यापिटलले सहयोग गर्ने जनाएको छ । महिलाहरुलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् ।
“महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको यो “प्रभु ऐश्वर्या योजना” तथा एन्ट फाउन्डेसन दुबैले महिलाहरुको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुदाँ दुबै संस्थाको उद्येश्यमा एकरुपता देखिएकाले यो सम्झौता गरेका हौं”, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले भने ।
प्रभु क्यापिटलले मर्चेन्ट सम्बन्धी सेवाका साथै साथै आफ्ना सेवा तथा एचयमगअत हरु संगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आईरहेको छ । सिएसआर अन्र्तगत पूँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिमपनि प्रदान गर्दछ प्रभु क्यापिटलले प्रदान गर्ने सेवाहरु मध्ये पिएमएस लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ । क्यापिटलको लगानी व्यवस्थापन सेवामा आवद्घ हुने ग्राहक तथा संस्थाहरुलाई विज्ञ परिचालन गरी ग्राहकको Breast Cancer वासञ्चालनमै रहेको पोर्टफोलियोलाई प्रभावकारी रुपमा पूँजी बजार तथा धितोपत्रको उपकरणमा लगानी गरी अधिकतम मुनाफा प्रदान गर्ने लक्ष्यका साथ सेवा दिने गर्दछ ।
एन्ट फाउन्डेसन एक स्वैच्छिक गैर नाफामुखी संस्था हो, जसले स्वास्थ्य, शिक्षा, वातावरण तथा क्यान्सर सचेतना अभियानमा सहयोग गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरी कोष सङ्कलन गर्दछ तथा सो कोषलाई फाउन्डेसनको उद्येश्य पूर्तिका लागि उपयोग गर्दछ । यसले क्यान्सर सचेतना अभियानमा नेपाल क्यान्सर रिलिफ सोसाइटी, नेपाल स्तन क्यान्सर फाउन्डेसन, क्यान्सर केयर नेपाल तथा नेपाल क्यान्सर सरभाइभर सोसाइटीसँग हातेमालो गरी हेल्थ क्याम्प तथा क्यान्सर सम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।













