१७ श्रावण २०८३, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो अबैध सुन बरामद, एक जना पक्राउ



काठमाडौं । १४ किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना पक्राउ परेका छन् । भन्सार कार्यालयले एयरपोटबाट १४ किलो सुन बिहीबार राती बरामद गरेको हो ।

अवैध सुनसहित ४५ वर्षीय चन्द्र घले पक्राउ परेका छन् । बिहीबार ११ बजेर ५६ मिनेट मा फ्लाई दुबईको उडान नम्बर एफजेट ५७३ बाट आएका घलेसँगबाट १४ किलो सुन बरामद गरिएको हो । थप अनुसन्धान भईरहेको भन्सार कार्यालयले जनाएको छ ।