१७ श्रावण २०८३, आइतबार

भारत सरकारले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने



काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो ।

भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत एक सूचना जारी गर्दै ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध गरिएको जनाएको छ । भारतले यसअघि गत भदौमा प्याज निर्यातलाई निरुत्साहन गर्न निर्यातमा ४० प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो।

यसैबीच, नेपाल सरकारले कृषि उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै व्यापारीहरूले काठमाडौं उपत्यकामा तरकारी बिक्री गर्न बन्द गरेका छन् ।

हाल काठमाडौं उपत्यकामा आलु र प्याजको अभाव भएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ बढ्ने भएको छ ।