२० श्रावण २०८३, बुधबार

एसीसी यू-१९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य



काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुन पुग्यो । नेपालले एक सय ५२ रन जोडेको हो ।

नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न नेपालले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।