कक्षा १२ सम्म विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था यहि सरकारले गर्छः मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन् । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन उनले यस्तो बताएका हुन् ।
उनले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने तर्क राखेका थिए । “शिक्षा १० कक्षासम्म निःशुल्क गर्नुपर्छ भनेर जोड दिदैआएको हुँ”, उनले भने, “यही सरकारले कक्षा १२ सम्म विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्छ ।”
चिकित्सा शिक्षा ऐन संशोधन गरेर अहिलेको समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो । अहिले पनि उपचार गर्न नपाएर आत्महत्या गरेका घटना धेरै सुनिने गरेको भन्दै मन्त्री बस्नेतले निजी अस्पतालमा १० प्रतिशत श्यया अनिवार्य निःशुल्क गरिएको बताए ।













