नेपालको खराब प्रदर्शन, भारतले पायो ५३ रनको झिनो लक्ष्य
काठमाडौँ। यूएईमा जारी यू–१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खराब प्रदर्शन गरेको छ ।
टस हारेर सुरुवातमा ब्याटिङ गरेको नेपालले २२.१ ओभरमा अलआउट हुँदै ५२ रनमात्र जोडेपछि भारतले ५३ रनको सामान्य लक्ष्य पाएको हो । नेपालले १७ रन मात्रै जोड्दा ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका थिए ।
नेपालका लागि सबैभन्दा बढी आशा गरिएका अर्जुन कुमालले आज जम्मा ७ रनमात्र जोड्न सकेका हुन् । कप्तान देव खनाल र दीपक डुम्रे लगातार बलमा आउट भए । कप्तानले १० बलमा २ रन मात्र बनाए । गुल्शन झा पनि ८ बलमा ४ रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।
अर्का दीपक बोहरा २ रनमा आउट हुँदा सुवास भण्डारी एक रनमा पेभेलियन फर्किएका छन् ।












