१९ श्रावण २०८३, मंगलबार

नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने



काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्ड पुष ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको हो ।

हिजो चितवन, धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको हो । अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।