१ कार्तिक २०८३, आइतबार

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं ः प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर लिलाममा आएको छ ।

उक्त सेयरका लागि न्यूनतम मुल्य ४०० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरी आवेदन पेश गर्ने सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ सस्थाले आवश्यक कागजात संकलन गरी पुष ६ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौँमा आवेदन दिन सकिनेछ ।