१० श्रावण २०८३, आइतबार

बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले एकै दिन बोलाए एजिएम, के–के छन् एजेण्डा ?

बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले एकै दिन बोलाए एजिएम, के–के छन् एजेण्डा ?



काठमाडौं । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले वार्षिक साधारण सभा एकैदिन पुष २७ गतेका लागि बोलाएका छन् । सभा बोटलर्स नेपाल (तराई)ले सोल्टी होटल, ताहाचल, काठमाडौंमा दिउँसो १२ बजे र बोटलर्स नेपाल (बालाजु)ले पनि सोल्टी होटलमै अपराह्न ४ बजेका लागि आव्हान गरेको हो ।

दुबैंले सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने एजेण्डा राखेको छ ।

बोटलर्स नेपाल (तराई)ले भने प्रस्तावित ६० प्रतिशत नगद लाभांशलाई समेत पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि दुवै कम्पनीले पुष २० गते बुक क्लोज गर्ने भएका छन् ।