सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ७१ हजार कित्ता सेयर बिक्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ७१ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक समूह तर्फको १ लाख ७१ हजार १० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी अबको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आवेदन दिन सकिनेछ ।












